Logo

२०८३, आश्विन २०गते


images
images

धनुषाको धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
  • धनुषाको धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित पाँच जना तथा दुई सञ्चार संस्थाविरुद्ध ३ लाख ८० हजार रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ, कोल्डस्टोरको कम्पाउन्ड वाल र विद्यालय भवन निर्माणसम्बन्धी योजनाको बोलपत्र सूचना राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाई तथा फरक विवरण भएको पत्रिका प्रयोग गरी सार्वजनिक खरिद प्रक्रिया अपारदर्शी बनाइएको थियो ।

    images
    images
    images

    यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल र सहलेखापाल विनोदकुमार मण्डललाई मुख्य कसुरदारका रूपमा ३ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ ।

    images
    images
    images

    त्यस्तै, जनकपुर टुडे मिडिया ग्रुप प्रालि, अमृत मिडिया प्रालि तथा संलग्न व्यक्तिहरूलाई गैरकानुनी लाभ प्राप्त गर्ने कार्यमा मतियार भएको आरोप लगाइएको छ । आयोगले उनीहरूविरुद्ध पनि मुख्य कसुरदारसरह सजाय र बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।