Logo

२०८३, आश्विन २०गते


images
images

फेरि ट्रिलियनियर बने एलन मस्क

फेरि ट्रिलियनियर बने एलन मस्क

images
  • फेरि ट्रिलियनियर बने एलन मस्क
    images
    images

    काठमाडौं । स्पेसएक्सको सेयर मूल्यमा आएको तीव्र वृद्धिसँगै एलन मस्कको कुल सम्पत्ति फेरि १ ट्रिलियन अमेरिकी डलर पुगेको छ । फोर्ब्सका अनुसार मस्क सोमबार पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

    images
    images
    images

    शुक्रबार बजार बन्द हुँदाको तुलनामा सोमबार मस्कको सम्पत्ति ३०.६ अर्ब डलरले बढेको फोर्ब्सको अनुमान छ । स्पेसएक्सको सेयर मूल्यमा आएको उल्लेख्य वृद्धिले उनको कुल सम्पत्ति ट्रिलियन डलरको सीमाभन्दा माथि पुर्‍याएको हो ।

    images
    images
    images

    मस्क यसअघि पनि विश्वकै पहिलो ट्रिलियनियर बनेका थिए । स्पेसएक्सको सेयर पहिलोपटक नास्डाकमा कारोबार हुन थालेपछि उनी जुनमा एक ट्रिलियन डलर सम्पत्ति पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका थिए । तर त्यसको केही दिनपछि स्पेसएक्स र टेस्लाको सेयर मूल्य घटेपछि उनले ट्रिलियनियरको हैसियत गुमाएका थिए । पछिल्ला दिनमा स्पेसएक्स र टेस्लाको सेयर मूल्यमा लगातार सुधार भएपछि मस्कको सम्पत्ति फेरि ट्रिलियन डलरको नजिक पुगेको थियो । टेस्लाको तेस्रो त्रैमासिक सवारी बिक्री विश्लेषकहरूको अपेक्षाभन्दा राम्रो भएपछि शुक्रबार मात्रै मस्कको सम्पत्ति ६१ अर्ब डलरले बढेको थियो ।

    images
    images
    images

    सोमबार बिहान टेस्लाको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो । त्यस्तै, स्पेसएक्सको सेयर मूल्यमा ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको थियो ।  मोर्गन स्ट्यान्लीका विश्लेषकहरूले स्पेसएक्सको सेयरको मूल्यांकन कम रहेको बताएका थिए । त्यसैगरी, स्पेसएक्सको स्टारसिपले गत साता पहिलोपटक सफलतापूर्वक कक्षामा पुग्ने गरी प्रक्षेपण गरेको घटनाले पनि कम्पनीको मूल्यांकनमा सकारात्मक प्रभाव पारेको छ । मस्कले कृत्रिम बुद्धिमत्तासम्बन्धी आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने संकेतसमेत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्तालाई अब ‘सुपर इन्टेलिजेन्स’ भन्नुपर्ने धारणा राखेपछि मस्कले त्यसको समर्थन गरेका हुन् ।

    यसैबीच, विश्वका अर्बपतिहरूको सूचीमा मस्कपछि जेफ बेजोस दोस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार बेजोसको कुल सम्पत्ति ३७१.१ अर्ब डलर रहेको छ । त्यसपछि ल्यारी पेज २८४.३ अर्ब डलरसहित तेस्रो, माइकल डेल २७२.२ अर्ब डलरसहित चौथो र सर्गेई ब्रिन २६१.७ अर्ब डलरसहित पाँचौँ स्थानमा छन्। मार्क जुकरबर्ग २५४.३ अर्ब डलरसहित छैटौँ, जेन्सेन हुआङ २०६.७ अर्ब डलरसहित सातौँ, ल्यारी एलिसन १८५ अर्ब डलरसहित आठौँ स्थानमा छन्। त्यस्तै, स्टिभ बाल्मर १६२.५ अर्ब डलरसहित नवौँ र वारेन बफेट १४३.३ अर्ब डलरसहित विश्वका शीर्ष १० अर्बपतिको सूचीमा दशौँ स्थानमा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।