Logo

२०८३, आश्विन २०गते


images
images

कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, भोलि प्रस्ताव पारित गर्ने तयारी

कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, भोलि प्रस्ताव पारित गर्ने तयारी

images
  • कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, भोलि प्रस्ताव पारित गर्ने तयारी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार बसेको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल गरेका छन् ।

    images
    images
    images

    बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा सातै प्रदेशका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । 

    images
    images
    images

    आजको बन्द सत्र स्थगित गर्दै भोलि असोज २१ गते बिहान १०: ३० बजे पुनः छलफल सञ्चालन गर्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । भोलिको सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    भोलिको बन्द सत्रले प्रस्तुत राजनीतिक प्रस्ताव, समसामयिक प्रस्ताव तथा विभिन्न प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।