Logo

२०८३, आश्विन २०गते


images
images

काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुदै

काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुदै

images
  • काँग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता हुदै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने भएको हो । आजै दिउँसो ४: ३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन हुनेछ । उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्न दिउँसो ४: ३० देखि ५: ३० बजेसम्मको समय तोकिएको छ। दाबी विरोधमाथि साँझ ५: ३० देखि ६: ३० बजेसम्म जाँचबुझ गरिनेछ भने बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन हुनेछ ।

    images
    images
    images

    असोज २१ गते बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा उम्मेदवारी सच्याउन निवेदन दिन सक्नेछन् । त्यसपछि बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि दिनभरको समय उपलब्ध गराइनेछ ।

    images
    images
    images

    निर्वाचन समितिले असोज २२ गते बिहान ७: ३० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएपछि मतगणना सुरु गरिनेछ र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

    कांग्रेसले मतदानका लागि तीनवटा केन्द्र तोकेको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गलाई मतदान केन्द्र ‘क’, खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ र प्रज्ञा भवन, कमलादीलाई मतदान केन्द्र ‘ग’ तोकिएको छ । मतदान केन्द्रअनुसार मतदाताको समूहसमेत छुट्याइएको छ । मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन् ।  त्यसैगरी मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका मतदाताका लागि व्यवस्था गरिएको छ । मतदान केन्द्र ‘ग’ मा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिनका लागि लाग्ने मनोनयन दस्तुरसमेत तोकेको छ । केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ, केन्द्रीय उपसभापति तथा महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ । उम्मेदवारले मनोनयन दस्तुर नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खातामा जम्मा गरेको भौचर, निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशनमा तोकिएबमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्रसहित मनोनयनपत्रमा संलग्न गर्नुपर्नेछ ।

    निर्वाचन समितिले उम्मेदवारीका लागि आवश्यक प्रस्तावक तथा समर्थकको व्यवस्थासमेत स्पष्ट गरेको छ । पार्टीको केन्द्रीय सभापति पदका लागि १० जना प्रस्तावक र १० जना समर्थकको नाम, थर, ठेगाना, मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा उल्लेख हुनुपर्नेछ । त्यस्तै केन्द्रीय उपसभापति तथा महामन्त्री पदका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्नेछ । पार्टीका विभिन्न समूहबाट केन्द्रीय सहमहामन्त्री पदका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि ३ जना प्रस्तावक र ३ जना समर्थकको नाम, थर, ठेगाना, मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक वा समर्थक बन्न नपाइने व्यवस्था पनि निर्वाचन समितिले गरेको छ ।

    त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । वारेसका माध्यमबाट मनोनयनपत्र दर्ता गर्नुपरेमा वारेसनामा र वारेसको नेपाली नागरिकताको फोटोकपीसमेत संलग्न गर्नुपर्नेछ । निर्वाचन समितिले प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गरिनेछ र सोही क्रममा मतपत्रमा नामावली राखिनेछ। मतदानका क्रममा मतदाताले आफूले मत दिन चाहेको उम्मेदवारको नामको अगाडि रहेको मत संकेत गर्ने कोठामा चिन्ह लगाउनुपर्नेछ ।

    निर्वाचन समितिले उम्मेदवार तथा समर्थकले प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाउने सामग्रीबारे समेत स्पष्ट व्यवस्था गरेको छ । उम्मेदवार वा उनका समर्थकले उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, व्याज, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याग, मास्क, लकेटलगायत प्रचारात्मक सामग्री लगाउन वा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।

    तर उम्मेदवारले आफ्नो उम्मेदवारी र आफूले उम्मेदवारी दिएको पदसम्बन्धी सामान्य परिचय वा जानकारी दिने पर्चा तथा पम्प्लेट वितरण गर्न सक्नेछन् । मतदानस्थल आसपासमा पर्चा वा पम्प्लेट राख्न भने निषेध गरिएको छ ।

    निर्वाचन समितिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका तथा आचारसंहिता पालना गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

    यसअघि सोमबार काँग्रेसको बन्द सत्रले २९७ सदस्यीय केन्द्रीय समिति बनाउने विधान संशोधन प्रस्ताव पारित गरेको छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ । सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन् । कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।