Logo

२०८३, आश्विन २५गते


images
images

नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

images
  • नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    images
    images

    महोत्तरी । नयाँ जिम्मेवारीमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।

    images
    images
    images

    मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको यसअघि नै अन्यत्र सरुवा भइसकेको थियो। तर, सरुवा भएको कार्यालयमा हाजिर नगरी उनी पिपरा गाउँपालिकामै कार्यरत थिए ।

    images
    images
    images

    यसैबीच गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि उनलाई हाजिर नगराइएको थियो । त्यसपछि मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई दिने निर्णय गरेको हो ।

    images
    images
    images

    मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ ।

    त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।