Logo

२०८३, आश्विन १७गते


images
images

जनमत पार्टीको दोस्रो महाधिवेशन आज वीरगञ्जमा हुदै

जनमत पार्टीको दोस्रो महाधिवेशन आज वीरगञ्जमा हुदै

images
  • जनमत पार्टीको दोस्रो महाधिवेशन आज वीरगञ्जमा हुदै
    images
    images

    वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि पर्साको वीरगञ्जमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज बिहान ९ बजे ब्रह्मचोकस्थित ओम पार्टी प्यालेसमा हुने पार्टीले जनाएको छ ।

    images
    images
    images

    महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नो परिचयपत्रका रूपमा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमति पत्र वा तस्वीरसहित पहिचान खुल्ने अन्य कुनै आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन भनिएको छ । यसअघि असोज १० गतेका लागि तय गरिएको महाधिवेशन केन्द्रीय कार्यकारिणी समितिको असोज ८ गते बसेको आकस्मिक बैठकले सारेर असोज १७ गते गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार १०३ जनाको नाम समावेश छ । सात उपाध्यक्ष पदका लागि १४ जना, महासचिवका लागि तीन जना र राष्ट्रिय उपमहासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन्।

    images
    images
    images

    त्यस्तै, सात राष्ट्रिय सचिव पदका लागि १० जना र केन्द्रीय कार्यकारिणी सदस्यका लागि ७३ जना उम्मेदवार प्रारम्भिक सूचीमा छन्। उपाध्यक्षका उम्मेदवारमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठा रहेका छन्।

    महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार छन्। राष्ट्रिय सचिवमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अंजनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, बीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।