Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीदरबार गाउँपालिकाबाट विद्युतीय भुक्तानीकाे सुरुवात

गुल्मीदरबार गाउँपालिकाबाट विद्युतीय भुक्तानीकाे सुरुवात

images
  • गुल्मीदरबार गाउँपालिकाबाट विद्युतीय भुक्तानीकाे सुरुवात
    images
    images

    गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट पहिलोपटक विद्युतीय भुक्तानीकाे सुरुवात गरिएको छ । आइतबार गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिकाे प्रयाेग गर्दै विद्युतीय भुक्तानीकाे सुरुवात गरेको गाउँपालिकाका लेखा अधिकृत भबिष्य अर्यालले जानकारी दिए । 

    images
    images
    images

    गाउँपालिकाले सुरुवात गरेको EFT (Electronic Fund Transfer) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीमा उत्साह थप्ने उनको भनाइ छ । गाउँपालिकाबाट सुरुवात भएको विद्युतीय भुक्तानीले गर्दा आम सेवाग्राहीलाई निकै फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ । 

    images
    images
    images

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने बताए । गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने गाउँपालिकाले अपेक्षा लिएकाे प्रमुख प्रशासकीय अधिकृत पाण्डेकाे भनाइ छ । 

    images
    images
    images

    गुल्मीदरबार गाउँपालिकामा सेवा लिने सेवाग्राहीले अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेककाे म्याद सकिने र  पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।