Logo

२०८३, आश्विन ९गते


images
images

रोनाल्डोले तत्काल सन्यास नलिने, हजार गोलको लक्ष्य कायमै

रोनाल्डोले तत्काल सन्यास नलिने, हजार गोलको लक्ष्य कायमै

images
  • रोनाल्डोले तत्काल सन्यास नलिने, हजार गोलको लक्ष्य कायमै
    images
    images

    काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले तत्काल सन्यास नलिने भएका छन् ।

    images
    images
    images

    सन् २०२६ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने विषयमा सोचिसकेको भएपनि रोनाल्डोले तत्काल सन्यास नलिने बताएका छन् । राष्ट्रिय टोलीलाई थप सफलता दिलाउन सक्ने विश्वासका कारण उनले खेलजीवनलाई निरन्तरता दिने निर्णय गरेको बताएका हुन् ।

    images
    images
    images

    ४१ वर्षीय रोनाल्डोले यसअघि सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरिसकेका छन् । यद्यपि, विश्वकपपछि उनको खेलजीवनबारे स्पष्टता थिएन ।

    images
    images
    images

    पोर्चुगलका प्रशिक्षक जर्ज जेसुसले राष्ट्रसंघीय लिगका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा रोनाल्डो पनि परेका छन् । पोर्चुगलले बिहीबार राति लिस्बनमा वेल्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

    प्रतियोगिताअघि रोनाल्डोले आफ्नो खेलजीवनमा एक हजार गोल पूरा गर्ने लक्ष्यबारे पनि बताएका छन् । उक्त उपलब्धिबाट उनी २१ गोल मात्र टाढा छन् ।

    विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिनेबारे सोच्नुभएको थियो भन्ने प्रश्नमा रोनाल्डोले भने, ‘हो, मैले सोचेको थिएँ ।’ उनले अध्यक्ष र प्रशिक्षकसँग कुराकानी गरेपछि आफू अझै टोलीलाई सहयोग गर्न सक्षम रहेको महसुस गरेको बताए ।

    ‘म अझै राष्ट्रिय टोलीले चाहेको सफलता हासिल गर्न सहयोग गर्न सक्छु भन्ने विश्वास गर्छु। गोलमार्फत मात्र होइन, मैदानबाहिर पनि टोलीलाई आफ्नो समर्थन दिन सक्छु,’ उनले भने ।

    पोर्चुगलबाट दुईपटक राष्ट्रसंघीय लिगको उपाधि जितिसकेका रोनाल्डोले तेस्रो उपाधि जित्नु पनि आफ्नो लक्ष्य रहेको बताए ।

    ‘दुवै लक्ष्य महत्वपूर्ण छन्। एक हजार गोल र राष्ट्रिय टोली दुवै। राष्ट्रसंघीय लिग जित्नु पनि लक्ष्य हो। प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ र यो नयाँ युग हो,’ रोनाल्डोले भने । पोर्चुगलको टोलीमा फाबियो सिल्भा, रेनातो भेइगा, नुनो मेन्डेस, जोआओ नेभेस र फ्रान्सिस्को कोन्सेइसाओजस्ता युवा खेलाडी पनि छन् । युवा खेलाडीलाई सहयोग गर्ने चाहना पनि राष्ट्रिय टोलीमा निरन्तर रहनुको महत्वपूर्ण कारण भएको रोनाल्डोले बताएका छन् ।

    ‘यो नयाँ युवा पुस्ता हो । तर मेरा लागि मुख्य कुरा मैदानमा रहेर गोल गर्नु र टोलीलाई खेल जिताउन सहयोग गर्नु हो,’ उनले भने । रोनाल्डोले आफूलाई युवा खेलाडीहरूले उदाहरणका रूपमा हेर्ने गरेको उल्लेख गर्दै आफूले त्यो भूमिका निरन्तर निभाउने बताए । उनले आफू सन्न्यासपछि पनि उदाहरण बन्न चाहेको बताएका छन् ।

    ‘म आफैंसँग खुसी छु । भोलि खेल्छु कि अर्को खेलमा विश्राम लिन्छु भन्ने कुरा महत्वपूर्ण होइन । मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा आफूलाई राम्रो महसुस गर्नु हो,’ रोनाल्डोले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।