Logo

२०८३, आश्विन २५गते


images
images

रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित

रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित

images
  • रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित
    images
    images

    काठमाडौँ । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो अनुशासनात्मक कारबाहीको प्रक्रियामा परेपछि अस्थायी रूपमा निलम्बित भएका छन् ।

    images
    images
    images

    पोर्चुगिज फुटबल महासङ्घले अक्टोबर ९, २०२६ मा अनुशासनात्मक अनुसन्धान अघि बढाउने निर्णय गरेसँगै रोनाल्डोमाथि अस्थायी निलम्बन लगाइएको हो ।

    images
    images
    images

    महासङ्घका अनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक महत्त्वबारे अनुसन्धान गर्न कारबाही प्रक्रिया सुरु गरिएको हो । खेलाडीमाथि यसअघि लागू भएको स्वतः निलम्बनको व्यवस्थाबाहेक थप अस्थायी निलम्बन लगाउने निर्णय गरिएको र प्रक्रियालाई तत्काल अघि बढाउनुपर्ने ठहर गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेको विषयमा सार्वजनिक रूपमा माफी माग्दै आफूलाई सजाय दिन सकिने सङ्केतसमेत दिएका थिए । यद्यपि, उनीमाथि लगाइएको निलम्बनको अवधि र अन्तिम सजायबारे भने निर्णय हुन बाँकी रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।