Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन

images
  • स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन
    images
    images

    काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् निम्तिन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई ध्यानमा राख्दै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई आवश्यक पूर्वतयारी र प्रतिकार्यको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    images
    images
    images

    मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्न भनेको छ । प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय र सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

    images
    images
    images

    त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को सूचना निरन्तर संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न भनिएको छ ।

    स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र स्वास्थ्य संस्थाको तयारी अवस्था तथा आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ ।

    सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि विभागलाई भनिएको छ ।

    प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न पनि उनीहरूलाई अनुरोध गर्न भनिएको छ ।

    मन्त्रालयका अनुसार आकस्मिक स्वास्थ्य समस्या वा विपद्का कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।