Logo

२०८३, आश्विन ९गते


images
images

आईपीएल २०२७ को खेलाडी अक्सन डिसेम्बरमा गोवामा हुने

आईपीएल २०२७ को खेलाडी अक्सन डिसेम्बरमा गोवामा हुने

images
  • आईपीएल २०२७ को खेलाडी अक्सन डिसेम्बरमा गोवामा हुने
    images
    images

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सन आगामी डिसेम्बरमा भारतको गोवामा हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाले यसको पुष्टि गरेका छन् ।

    images
    images
    images

    सैकियाका अनुसार यसअघि साउदी अरेबिया, दुबई र अबुधाबीमा आयोजना गरिएको अक्सन यसपटक गोवामा गरिनेछ ।

    images
    images
    images

    आईपीएल २०२७ को अक्सन डिसेम्बरको दोस्रो साता हुने यसअघि नै सार्वजनिक भएको थियो । यो सन् २०२३ देखि २०२७ सम्मको चक्रअन्तर्गतको अन्तिम मिनी अक्सन हुनेछ ।

    images
    images
    images

    भारतीय क्रिकेट नियन्त्रण बोर्डको हालै सम्पन्न साधारणसभापछि सैकियाले प्रतियोगिता मार्चको अन्त्यतिर सुरु हुने बताएका छन् । प्रतियोगिताको आधिकारिक मिति भने सार्वजनिक भइसकेको छैन । अर्को संस्करणअघि नै केही टोलीमा खेलाडीको आवतजावत र व्यवस्थापनमा परिवर्तन भइसकेको छ । ऋषभ पन्त दिल्ली क्यापिटल्समा फर्किएका छन् भने कुलदीप यादव दिल्लीबाट लखनउ सुपर जायन्ट्समा पुगेका छन् ।

    चेन्नई सुपर किङ्सले पूर्व भारतीय तीव्र गतिका बलर जाहिर खानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । कोलकाता नाइट राइडर्सले भने अजिन्क्य रहाणेले अन्तर्राष्ट्रिय तथा भारतीय क्रिकेटबाट सन्न्यास लिएपछि नयाँ कप्तान खोज्नुपर्ने भएको छ । मुम्बई इन्डियन्सले जुबिन भरुचालाई प्रदर्शन निर्देशकका रूपमा नियुक्त गरेको छ ।

    आईपीएलले खेलाडी कायम राख्ने अन्तिम मिति भने सार्वजनिक गरेको छैन । सामान्यतः यस्तो मिति नोभेम्बरको अन्त्यतिर तोकिने गरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु साविक विजेता हो । उसले सन् २०२५ र २०२६ मा लगातार उपाधि जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्डियन प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।