Logo

२०८३, आश्विन ९गते


images
images

ऋषभ पन्तले छोडे लखनउ सुपर जायन्ट्सको कप्तानी

ऋषभ पन्तले छोडे लखनउ सुपर जायन्ट्सको कप्तानी

images
  • ऋषभ पन्तले छोडे लखनउ सुपर जायन्ट्सको कप्तानी
    images
    images

    काठमाडौँ । इन्डियन प्रिमियर लिगको यस सिजनमा निराशाजनक प्रदर्शनपछि लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तले कप्तानीबाट राजीनामा दिएका छन् ।

    images
    images
    images

    फ्रेन्चाइजिले शुक्रबार आधिकारिक वक्तव्य जारी गर्दै पन्तले कप्तानीको जिम्मेवारीबाट मुक्त गरिदिन आग्रह गरेको र उक्त निर्णय तत्काल लागू गरिएको जनाएको हो ।

    images
    images
    images

    टिमका क्रिकेट निर्देशक टम मुडीले पन्त स्वयंले कप्तानी छोड्ने इच्छा व्यक्त गरेको बताएका छन् । उनले टिम व्यवस्थापनले पन्तको निर्णयको सम्मान गरेको पनि उल्लेख गरेका छन् ।

    images
    images
    images

    मुडीले जारी गरेको वक्तव्यमा कप्तानी त्यागजस्ता निर्णय सहज नहुने भन्दै ड्रेसिङ रुममा पन्तले दिएको योगदानको प्रशंसा गरेका छन् । अब टिम पुनर्निर्माण र आगामी सिजनमा राम्रो प्रदर्शनमा केन्द्रित हुने उनको भनाइ छ ।

    ऋषभ पन्तलाई आइपिएल २०२५ को अक्सनमा लखनउ सुपर जायन्ट्सले कीर्तिमानी २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । उनीमाथि ठूलो अपेक्षा गरिए पनि कप्तानका रूपमा उनको यात्रा सफल हुन सकेन ।

    आइपिएल २०२६ मा लखनउको प्रदर्शन अत्यन्त कमजोर रह्यो । टोलीले १४ खेलमध्ये केवल चार खेल जित्दै अंक तालिकाको पुछारमा सिजन समाप्त गरेको थियो । यसअघि २०२५ सिजनमा पनि लखनउले १४ मध्ये मात्र ६ खेल जितेको थियो । यसरी पन्तको कप्तानीमा टोलीले २८ खेल खेल्दा जम्मा १० जित मात्रै हासिल गर्‍यो ।

    व्यक्तिगत प्रदर्शनमा पनि पन्त अपेक्षाअनुसार चम्किन सकेनन् । उनले आइपिएल २०२५ मा १४ खेलबाट २६९ रन बनाएका थिए भने २०२६ मा ३१२ रन जोडे । तर, उनको ब्याटिङमा निरन्तरता देखिन नसकेको विश्लेषण गरिएको छ ।

    अब आगामी सिजनमा लखनउको कप्तानी कसले सम्हाल्ने भन्ने विषय क्रिकेट समर्थकमाझ चासोको विषय बनेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्डियन प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।