Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली कांग्रेस देवदह नगर सभापतिमा अमर लामिछाने विजयी

नेपाली कांग्रेस देवदह नगर सभापतिमा अमर लामिछाने विजयी

images
  • नेपाली कांग्रेस देवदह नगर सभापतिमा अमर लामिछाने विजयी
    images
    images

    देवदह । नेपाली कांग्रेस देवदह नगर समिति सभापतिमा अमर लामिछाने विजयी भएका छन् । बुधवार सम्पन्न मतदानमा नेत्र लाल रिजाललाई पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    लामिछानेले १६९ मत प्राप्त गर्दा रिजालले ११६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरी सचिवमा दिपक पौडेल निर्वाचित भएका छन् । साज मोहम्मदलाई ८ मतले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १४६ मत प्राप्त गरेका थिए भने मोहम्मदले १३८ मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    त्यस्तैगरी उपसभापतिमा मिलन मास्के राना, महिला उपसभापतिमा कमला अर्याल र सह-सचिवमा दुधनाथ कुँवर सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितले जनाएको छ ।

    images
    images
    images

    देवदहको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि नगरमा सभापति र सचिवमा सर्वसम्मतीको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो । अन्य पदाधिकारी  र सदस्य भने सर्वसम्मत चयन भएका हुन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।