Logo

२०८३, आश्विन ९गते


images
images

ट्रम्पकाे राष्ट्रसंघको सम्बोधन: अर्थतन्त्र, सुरक्षा तथा प्रविधिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी

ट्रम्पकाे राष्ट्रसंघको सम्बोधन: अर्थतन्त्र, सुरक्षा तथा प्रविधिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी

images
  • ट्रम्पकाे राष्ट्रसंघको सम्बोधन: अर्थतन्त्र, सुरक्षा तथा प्रविधिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी
    images
    images

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै आफ्नो प्रशासनका उपलब्धि, ईरानसँगको युद्ध, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय फौजदारी अदालत, संयुक्त राष्ट्रसंघको बजेट, आप्रवासन तथा कृत्रिम बौद्धिकतासहितका विषयमा धारणा राखेका छन् । 

    images
    images
    images

    उनले अमेरिकालाई अहिले पहिलेभन्दा बलियो अवस्थामा रहेको दाबी गर्दै आफ्नो नेतृत्वमा अमेरिका विभिन्न क्षेत्रमा अघि बढिरहेको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले ईरानलाई परमाणु हतियार विकास गर्न कुनै पनि हालतमा नदिने बताएका छन् । उनले ईरानलाई वार्ताको अवसर दिइएको तर त्यसबाट अपेक्षित परिणाम नआएको दाबी गर्दै अमेरिकाले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेको बताए । ट्रम्पले ईरानी शासनमाथि मध्यपूर्वमा हिंसा र अस्थिरता फैलाएको आरोप लगाउँदै अमेरिकाले ईरानको परमाणु हतियार प्राप्त गर्ने प्रयास रोक्न कारबाही गरेको दाबी गरे ।

    images
    images
    images

    त्यस्तै, रुस र युक्रेनबीच जारी युद्धबारे ट्रम्पले दुवै देशका नेतासँग नजिकबाट काम गरिरहेको र युद्ध अन्त्य गराउने प्रतिबद्धता दोहोर्याए । उनले युद्ध अन्त्यका लागि आफूले पहल गरिरहेको बताउँदै छिट्टै समाधान निस्कने दाबी गरे । साथै, उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्र र वैधतामाथि प्रश्न उठाउँदै अमेरिकी नागरिक तथा सैनिकमाथि उक्त अदालतले अनुसन्धान वा मुद्दा चलाउन नपाउने धारणा राखेका थिए ।

    संयुक्त राष्ट्रसंघबारे ट्रम्पले बजेट कटौती र संस्थागत सुधारको विषय उठाउदै उनले संयुक्त राष्ट्रसंघको खर्च घटाइएको र कर्मचारी संख्या कटौती गरिएको दाबी गर्दै विश्व संस्थाले आफ्नो काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने बताए । उनले विश्वव्यापी करको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा नयाँ कार्बन कर लागू हुन नदिएको दाबीसमेत गरे । ट्रम्पले अमेरिकाको सीमा इतिहासकै सबैभन्दा सुरक्षित भएको र अवैध आप्रवासन नियन्त्रणमा आफ्नो प्रशासनले ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।

    त्यसैगरी, कृत्रिम बौद्धिकताको विषयमा ट्रम्पले यसको विकासमा अन्तर्राष्ट्रिय नियन्त्रण लगाउने प्रयासको विरोध गर्दै अमेरिकाले यस क्षेत्रमा नेतृत्व कायम राख्ने बताए । उनले कृत्रिम बौद्धिकतालाई अझ उन्नत ‘सुपर बौद्धिकता’का रूपमा अघि बढाउनुपर्ने बताएका थिए । त्यस्तै, उनले डेनमार्क र ग्रिनल्यान्डसँग अमेरिकी सैन्य उपस्थितिसम्बन्धी नयाँ समझदारी भएको, अमेरिकाले सेनामा अहिलेसम्मकै ठूलो लगानी गरिरहेको र आफ्नो दोस्रो कार्यकालमा अर्थतन्त्र, सुरक्षा तथा प्रविधिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।