Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीमा विद्यार्थीले मनाए १९औँ धान दिवस : प्राविधिक धारका विद्यार्थीले गरे रोपाइँ

गुल्मीमा विद्यार्थीले मनाए १९औँ धान दिवस : प्राविधिक धारका विद्यार्थीले गरे रोपाइँ

images
  • गुल्मीमा विद्यार्थीले मनाए १९औँ धान दिवस : प्राविधिक धारका विद्यार्थीले गरे रोपाइँ
    images
    images

    माधव ज्ञवाली, गुल्मी । "धान  बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग" भन्ने नारा सहित  जनवोध नमुना माध्यमिक विद्यालय रुरुक्षेत्र ४,५ रानिवास गुल्मीले पनि १९ औँ धान दिवस मनाएको छ। विद्यालयमा अध्यनरत प्राविधिक धार ( बाली विज्ञान ) तर्फका विद्यार्थीहरुको आयोजनमा राष्ट्रिय  धान दिवसको अवसरमा रोपाई तथा दही-चिउरा खाने कार्यक्रम सम्पन्न भएको हो।

    images
    images
    images

    विद्यार्थीले घ्युवेशी फाँटको करिब ५ रोपनी क्षेत्रफलमा परम्परागत विधि तथा सघन प्रविधि (एस आर आई) विधि प्रयोग गरि धान रोपेको  विद्यालयका कृषि सहायक प्रशिक्षक दिल बहादुर खड्काले जानकारी दिए। रोपाई कार्यक्रमा विद्यार्थी सहित विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवाली, शिक्षक अभिभावक संघ अध्यक्ष टंक प्रसाद श्रेष्ठ, विद्यालयका प्राविधिक धार तर्फका शिक्षक लगायतले पनि धान रोपेको उनले बताए।

    images
    images
    images

    शंकर यु एस - ३१२ जातको धान रोपिएकोमा करिब ९० प्रतिशत परम्परागत विधि प्रयोग गरेर र बाकी १० प्रतिशत एस आर आई विधिबाट रोपिएको उनको भनाई छ।

    images
    images
    images

    परम्परागत विधि धेरै पहिलेदेखि नै नेपालमा अपनाउँदै आइएको धान रोप्ने विधि हो जस अन्तर्गत  ३०-३५ दिनको धानको बेर्नालाई पानी सहितको हिलो माटोमा रोप्ने गरिन्छ, बेर्ना पनि हिलोमा नै तयार गरिन्छ। यस विधि अन्तर्गत बेर्ना लगाउँदा दुई बिरुवा बिचको दुरिलाई  त्यति ध्यानमा राख्ने चलन हुँदैन ।

    तर एस आर आई विधि भने उच्चतम प्रविधियुक्त धानको बिरुवा रोप्ने विधि रहेको खड्काले बताए । विद्यार्थीहरुलाई  प्रयोगात्मक परिक्षणको लागि मात्रै करिब  १० प्रतिशत विरुवा यस विधिबाट लगाइएको उनको भनाई छ । प्राविधिक यन्त्रहरुको अभावका कारण १० प्रतिशत रोपाई मात्र यस विधिबाट  गरिएको विद्यालयले जनाएको छ ।

    के हो एस आर आई विधि ? 

    एस आर आई  विधिबाट रोपाई गर्दा १२ देखि १४ दिनको कलिलो  बेर्नालाई हल्का हिलो मात्र भएको माटोमा लगाइने गरिन्छ, बेर्नालाई पनि धुलो माटोमा जमाउने गरिन्छ । बेर्ना लगाइसकेपछि ५ देखि सात दिन पानी नलगाई त्यसै छोडिन्छ।

    शिक्षक खड्काका अनुसार ५ देखि सात दिनपछि मात्र बिरुवा लगाएको जग्गाको माटो भिज्नेगरि मात्र पानी लगाइन्छ, जुन बेलासम्म सुरुमा लगाइएको कलिलो बिरुवाले नयाँ जरा निकालिसकेको हुन्छ। राम्रोसँग  माटो भिज्नेगरी मात्र पानी लगाउने प्रक्रिया उत्पादन हुनेबेला सम्म चलिरहन्छ।

    यसरी एस आर आई विधि प्रयोग गरि गरिएको उत्पादन परम्परागत विधि प्रयोग गरेर गरिएको उत्पादन भन्दा दुई गुणा बढी हुने उनले बताए। यस् विधिबाट धान रोपाई गर्दा एक बिरुवादेखि अर्को बिरुवा सम्मको दुरिलाई ख्याल गर्नुपर्ने उनको भनाई छ।

    विद्यालयले यो वर्षलाई विद्यालयकै शिक्षक देविराम कुँवरका बाझो खेतलाई प्रयोग गरेको छ। बाझो खेत प्रयोग गरेबापत यो बर्ष कुनै शुल्क नलाग्नेगरि विद्यालयका शिक्षक कुँवरको खेत प्रयोग गरिएको विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # १९औँ धान दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।