Logo

२०८३, आश्विन ९गते


images
images

ट्राफिक सचेतना

ट्राफिक नियम र लागूपदार्थ दुव्र्यसनविरुद्ध देवदहमा सचेतना कार्यक्रम

ट्राफिक नियम र लागूपदार्थ दुव्र्यसनविरुद्ध देवदहमा सचेतना कार्यक्रम

images
  • ट्राफिक नियम र लागूपदार्थ दुव्र्यसनविरुद्ध देवदहमा सचेतना कार्यक्रम
    images
    images

    देवदह । देवदहमा ट्राफिक नियम तथा लागूपदार्थ दुव्र्यसनविरुद्ध विद्यार्थीलाई लक्षित गर्दै सचेतना कार्यक्रम गरिएको छ ।

    images
    images
    images

    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, एरिया ३, रिजन ९, जोन १८ अन्तर्गतका चारवटा लायन्स क्लबको संयुक्त आयोजनामा मंगलबार देवदहस्थित ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक भीमसेन विष्ट र अस्थायी ट्राफिक प्रहरी पोस्ट खैरेनीका ट्राफिक इन्चार्ज नन्दबहादुर शाहीले विद्यार्थीलाई ट्राफिक नियम तथा लागूपदार्थ दुव्र्यसनका विषयमा जानकारी गराएका थिए । 

    images
    images
    images

    उनीहरुले सवारी दुर्घटना न्यूनीकरणका लागि पैदलयात्री तथा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियम, सडक सुरक्षाका उपाय, लागूपदार्थ दुव्र्यसनका नकारात्मक प्रभाव तथा दुव्र्यसनबाट जोगिने उपायबारे प्रशिक्षण दिएका थिए । 

    कार्यक्रममा ग्रिन प्लान्ट बोर्डिङ स्कुलका करिब २०० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई व्यवहारिक तथा दैनिक जीवनसँग जोडिएका विषयमा जानकारी गराउँदै सडक सुरक्षा र लागूपदार्थविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    Greenplant 1.jpeg

    कार्यक्रममा डिष्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर विष्णु प्रसाद पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा डिष्ट्रिक्ट सिनियर एडभाइजर रामबहादुर गुरुङ, डिष्ट्रिक्ट चिफ विनोद थापामगर, डिष्ट्रिक्ट  डेपुटी चिफ शोभा कुमारी थापा, ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयका प्राचार्य राजीव सापकोटा र लायन्स क्लब अफ देवदह पाकरी वृक्षकी अध्यक्ष विनिता श्रीस लगाएत अतिथिका रूपमा सहभागी थिए । 
    कार्यक्रम लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ र लायन्स क्लब अफ देवदह युनाइटेडको आयोजनामा तथा लियो क्लब अफ देवदह, लियो क्लब अफ भिजनरी युथ र लियो क्लब अफ देवदह पाकरी राइजिङको सह आयोजनामा भएको हो । 

    लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष नविन थापाले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ देवदहका सचिव शंकर सुबेदीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।