Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिका ६ सदस्य नियुक्त

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिका ६ सदस्य नियुक्त

images
  • सेतोमसी सहकर्मी
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिका ६ सदस्य नियुक्त
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।

    images
    images
    images

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको हो ।

    images
    images
    images

    नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन् ।

    images
    images
    images

    नवनियुक्त सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र  अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।