Logo

२०८३, आश्विन ९गते


images
images

जलन उपचार

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गरिदै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गरिदै

images
  • जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गरिदै
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको विशेष तालिम सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    जलन सेवाको राष्ट्रिय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको पाठ्यक्रम तथा सामग्री तयार गरिएको हो । जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत शल्य चिकित्सक, सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्षका नर्स, सघन उपचार कक्षका नर्स तथा आकस्मिक सेवाका स्वास्थ्यकर्मी तालिममा सहभागी हुनेछन् ।

    images
    images
    images

    तालिममा जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण, दुखाइ व्यवस्थापन र जलन उपचार कक्ष सञ्चालनलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ । पहिलो समूहको तालिम कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको नेतृत्वमा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म चल्नेछ ।

    images
    images
    images

    पहिलो समूहमा नारायणी अस्पताल, मधेश प्रदेश र प्रदेश अस्पताल, कर्णाली प्रदेशबाट चार–चार जना गरी आठ जना सहभागी हुनेछन्। यसअघि केन्द्रले आधारभूत जलन उपचारसम्बन्धी तालिममार्फत ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी तालिममार्फत २३ समूहमा ३६४ जनालाई तालिम दिइसकेको छ । नयाँ तालिमसँगै जलनका बिरामीलाई उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था घट्दै सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत उपचार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जलन उपचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।