Logo

२०८३, आश्विन ९गते


images
images

मौसम पूर्वानुमान: लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा

मौसम पूर्वानुमान: लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा

images
  • मौसम पूर्वानुमान: लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । 

    images
    images
    images

    त्यस्तै हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जनाएको छ ।

    images
    images
    images

    हाल कोशी र बागमती प्रदेशको सबै भू-भाग गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेशमा आंशिक बादल लागेको छ। देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानमा साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू-भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | 

    त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी भू-भाग तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।  मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।