देवदह । एसीई जुम्बा एन्ड डान्स स्टुडियोको आयोजनामा भएको ‘तिज स्टार–२०८३’ नृत्य प्रतियोगितामा जिया बानियाँ प्रथम भएकी छन् ।
देवदहमा सम्पन्न प्रतियोगितामा रासिका राना द्वितीय र निकोल चापागाईं तृतीय भए । सृष्टि पौडेल र प्रियल सुनारले सान्त्वना स्थान हासिल गरे ।
प्रथम हुने बानियाँले १० हजार, द्वितीय हुने रानाले ५ हजार र तृतीय हुने चापागाईंले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सान्त्वना स्थान हासिल गर्ने दुई जनाले जनही ५ सय रुपैयाँ प्राप्त गरे । विजेता तथा सहभागीलाई प्रमाणपत्र, शिल्ड र गिफ्ट भौचरसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष तथा स्पार्कल डान्स स्टुडियोका सञ्चालक निर्णायक रहेका थिए ।
कार्यक्रममा नेपाल मगर युवा संघका कृष्ण सुनारी मगर लगायतको उपस्थिति रहेको थियो ।
एसीई जुम्बा एन्ड डान्स स्टुडियोकी सञ्चालक पूजा ढुंगानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन आकाश बि.क.ले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology