Logo

२०८३, आश्विन ९गते


images
images

सुनवल युनाइटेडमा विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी सम्मानित

सुनवल युनाइटेडमा विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी सम्मानित

images
  • सुनवल युनाइटेडमा विभिन्न प्रतियोगिताका विजेता विद्यार्थी सम्मानित
    images
    images

    सुनवल । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालयले विभिन्न बाह्य प्रतियोगितामा सफलता हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ ।

    images
    images
    images

    विद्यालयमा आयोजित कार्यक्रममा जिसन नवलपरासीको आयोजनामा भएका विभिन्न प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    २०८३ साउन १५ गते आयोजित चेस प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका सुगम तिवारी सम्मानित भएका छन् । यस्तै, २०८३ भदौ ६ गते आयोजित आधारभूत तह (कक्षा १–५) प्रतियोगितामा प्रथम स्थान हासिल गरेका मान्भी न्यौपाने, मेरीसा ढकाल र एलेक्स पुनलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    यसैगरी, २०८३ भदौ २६ गते जिसन नवलपरासीको आयोजनामा भएको एनईईएल बेसिक लेभल गणित प्रतियोगितामा प्रथम स्थान हासिल गरेका दिप्सन रुचाल, प्रियंशा कँडेल र अंकित न्यौपाने पनि सम्मानित भएका छन् ।

    विद्यार्थीलाई खादा र टीका लगाउनुका साथै मेडल प्रदान गरी विद्यालयका प्रधानाध्यापक धनराज चापागाईंले सम्मान गरे ।

    सम्मान कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको टोली, शिक्षक–शिक्षिका तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।