Logo

२०८३, आश्विन ३गते


images
images

श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने

श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने

images
  • श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने
    images
    images

    काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।

    images
    images
    images

    विराटनगरले असलंकालाई भित्र्याएको औपचारिक घोषणा गरेको हो ।  २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १४६६ रन बनाएका छन् ।

    images
    images
    images

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखलगायतका घरेलु खेलाडी रहेका छन् ।

    images
    images
    images

    एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।