Logo

२०८३, कार्तिक २०गते


images
images

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

images
  • जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।

    images
    images
    images

    लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

    images
    images
    images

    जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले २-२ तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २-२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए ।

    यो जितपछि लुम्विनी लायन्स अपराजित रहदै ४ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर बोल्ट्सको भने यो तेस्रो हार हो । ५ खेलमा २ खेल जितेको जनकपुरको ४ अंक रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।