Logo

२०८३, आश्विन ९गते


images
images

आज अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदै

images
  • आज अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदै
    images
    images

    काठमाडौं । समान काम वा समान मूल्यको कामका लागि समान पारिश्रमिकको अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले आज (सेप्टेम्बर १८)  मा अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदैछ ।

    images
    images
    images

    यस वर्ष महिलाको पारिश्रमिकमा रहेको विश्वव्यापी अन्तरलाई घटाउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा जोड दिइएको छ ।

    images
    images
    images

    विश्वभर महिलाले पुरुषको तुलनामा औसतमा करिब १८ देखि २० प्रतिशत कम पारिश्रमिक पाउने देखिएको छ । यसको असर तत्कालको आम्दानीमा मात्र नभई महिलाको जीवनभरको आय, आर्थिक सुरक्षा, निवृत्तिभरण तथा आगामी पुस्तासम्मको आर्थिक असमानतामा पर्ने गरेको छ ।

    images
    images
    images

    समान पारिश्रमिक सुनिश्चित गर्न पारिश्रमिकमा पारदर्शिता, महिलाको बाहुल्य रहेका कामको उचित मूल्यांकन र न्यायपूर्ण ज्याला संरचना आवश्यक रहेको संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रम संगठनले जोड दिएका छन् । डिजिटल माध्यमबाट हुने रोजगारीमा समेत कृत्रिम बुद्धिमत्तामा आधारित निर्णय, पारिश्रमिकको अपारदर्शिता, विभेद तथा दुर्व्यवहारबाट श्रमिकलाई जोगाउन अन्तर्राष्ट्रिय श्रम संगठनको नयाँ मापदण्डले थप संरक्षणको आधार तयार गरेको स्रोतमा उल्लेख छ ।

    अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवसले लैंगिक समानता, महिलाको आर्थिक सशक्तीकरण र गरिबी न्यूनीकरणलाई जोड दिएको छ । संयुक्त राष्ट्रसंघ, महिला संस्था, अन्तर्राष्ट्रिय श्रम संगठन, सरकार, रोजगारदाता र श्रमिक संगठनहरूले समान मूल्यको कामका लागि समान पारिश्रमिक सुनिश्चित गर्न प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

    समान पारिश्रमिकको अवधारणालाई अन्तर्राष्ट्रिय श्रम संगठनले सन् १९१९ मै मानव अधिकारका रूपमा मान्यता दिएको थियो भने सन् १९५१ मा समान पारिश्रमिकसम्बन्धी महासन्धि पारित भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१९ मा सेप्टेम्बर १८ लाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस घोषणा गरेको थियो। पहिलो विश्वव्यापी दिवस सन् २०२० मा मनाइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समान मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।