Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेसको १५औँ महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

कांग्रेसको १५औँ महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

images
  • कांग्रेसको १५औँ महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क तोकिएको छ ।

    images
    images
    images

    सार्वजनिक गरिएको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि फरक–फरक शुल्क निर्धारण गरिएको हो ।

    images
    images
    images

    कांग्रेसको १५औँ महाधिवेशनको अधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका छ ।

    images
    images
    images

    निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ । प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

    महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नगरपालिकाको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

    गाउँपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । वडा कार्यसमितिको सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।