Logo

२०८३, आश्विन ९गते


images
images

'बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ'

'बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ'

images
  • 'बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ'
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले सरकारी तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गरी पुनःस्थापनाको काम अघि बढाइने बताएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो छिटो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको बताए । सडक सञ्चालन भएपछि प्रभावितलाई सामान्य अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो ।

    images
    images
    images

    उनले भोटेकोशी नदी किनारका जोखिमयुक्त क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकासको तयारी भइरहेको जानकारी दिए । नयाँ बस्ती बसाउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने उनले बताए ।

    प्रधानमन्त्री शाहले सुरक्षित स्थान पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।