Logo

२०८३, आश्विन ३गते


images
images

बुटवलमा नमस्ते फर्निचरको नयाँ ग्यालरी सञ्चालनमा

बुटवलमा नमस्ते फर्निचरको नयाँ ग्यालरी सञ्चालनमा

images
  • बुटवलमा नमस्ते फर्निचरको नयाँ ग्यालरी सञ्चालनमा
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका–११ शान्ति चोकमा ‘नमस्ते फर्निचर उद्योग तथा फर्निसिङ ग्यालरी’ सञ्चालनमा आएको छ ।

    images
    images
    images

    वि.सं. २०६५ सालदेखि फर्निचर उत्पादन क्षेत्रमा सक्रिय नेत्र रुचालले नयाँ ग्यालरी सञ्चालनमा ल्याएका हुन् । उनी फर्निचर उत्पादनसँगै सीप तथा तालिम प्रदान गर्दै आएका छन् ।

    images
    images
    images

    स्वदेशी कच्चा पदार्थको प्रयोग बढाउने, नेपाली उत्पादनलाई प्राथमिकता दिने तथा युवालाई फर्निचर निर्माणसम्बन्धी सीप र रोजगारीसँग जोड्ने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको रुचालले बताए । 

    images
    images
    images

    नयाँ ग्यालरीबाट घरायसी तथा कार्यालय प्रयोजनका फर्निचर, होटल, बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक फर्निचर, इन्टेरियर तथा डेकोरेसनसम्बन्धी सेवा उपलब्ध गराइने जनाइएको छ ।

    ग्यालरीमा उद्योगले उत्पादन गरेका नयाँ फर्निचरका साथै नयाँ तथा पुराना फर्निचरको खरिद–बिक्री र पुराना फर्निचर एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुने बताइएको छ । ग्राहकको मागअनुसार फर्निचर उत्पादन गरी उपलब्ध गराउने तथा गुणस्तरीय सामग्री सर्वसुलभ मूल्यमा प्रदान गर्ने उद्योगले जनाएको छ । आवश्यकताअनुसार ग्यारेन्टी तथा वारेन्टीको व्यवस्था समेत गरिने जनाइएको छ ।

    युवालाई फर्निचर निर्माणसम्बन्धी तालिम र रोजगारीमा जोड्ने योजना रहेको रुचालले बताए । स्वदेशी कच्चा पदार्थको प्रयोग बढाउँदै युवालाई सीप र रोजगारीसँग जोड्न सके आत्मनिर्भरता बढ्ने उनको भनाइ छ ।

    “स्वदेशी कच्चा पदार्थको प्रयोग बढाउँदै नेपाली युवालाई सीप र रोजगारीसँग जोड्न सकियो भने देशको अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्छ । यही उद्देश्यले फर्निचर उद्योगलाई निरन्तरता दिँदै आएका छौं,” रुचालले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।