Logo

२०८३, आश्विन ९गते


images
images

पहेँलो धातु देखाएर सुन भन्दै एक करोड ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

पहेँलो धातु देखाएर सुन भन्दै एक करोड ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

images
  • पहेँलो धातु देखाएर सुन भन्दै एक करोड ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ
    images
    images

    काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौँको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन् ।

    images
    images
    images

    प्रहरी टोलीले टोखा नगरपालिका–९ मिलनटोलस्थित एक अतिथि गृहबाट उनलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने ८५६ ग्राम पहेँलो धातुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार थापा मगर जबर्जस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका व्यक्ति रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेकोसमेत खुलेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।