Logo

२०८३, आश्विन ९गते


images
images

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

images
  • तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु
    images
    images

    तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।

    images
    images
    images

    उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्‍याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए । ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।