Logo

२०८३, आश्विन ९गते


images
images

‘बुक फ्रि फ्राइडे’ र ‘सीपमा आधारित शिक्षा’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी

‘बुक फ्रि फ्राइडे’ र ‘सीपमा आधारित शिक्षा’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी

images
  • ‘बुक फ्रि फ्राइडे’ र ‘सीपमा आधारित शिक्षा’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी
    images
    images

    काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक र जीवनोपयोगी बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘सीपमा आधारित शिक्षा’ अवधारणा देशभर लागू गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाबाट सुझाव संकलन भइरहेको बताएका छन् । उनका अनुसार बदलिँदो प्रविधि, रोजगारीको आवश्यकता र नयाँ पुस्ताको मागअनुसार पाठ्यक्रम परिमार्जन गरिनेछ ।

    images
    images
    images

    सातै प्रदेशमा गरिएको सुझाव संकलनमा प्रविधि, कृत्रिम बौद्धिकता, जीवनोपयोगी सीप, प्राविधिक तथा व्यावसायिक शिक्षा, नैतिक शिक्षा र साइबर सुरक्षालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ ।

    images
    images
    images

    पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा २८ जिल्लामा सुझाव संकलन गरिरहेको छ भने दोस्रो चरणमा ७७ वटै जिल्लामा पुगेर सुझाव लिने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।