Logo

२०८३, आश्विन ३गते


images
images

बुटवल मेलाको तयारी, ५० करोड कारोबार र ८ लाख दर्शक भित्राउने लक्ष्य

बुटवल मेलाको तयारी, ५० करोड कारोबार र ८ लाख दर्शक भित्राउने लक्ष्य

images
  • बुटवल मेलाको तयारी, ५० करोड कारोबार र ८ लाख दर्शक भित्राउने लक्ष्य
    images
    images

    बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरिएको छ ।

    images
    images
    images

    उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मेला सञ्चालन हुने जनाइएको छ । मेलामा ४५० देखि ५०० वटासम्म स्टल र १६ वटा पेभेलियन रहनेछन् ।

    images
    images
    images

    मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि मेलाको साइनबोर्ड र लोगो अनावरण गरिएको छ । साथै मेला सम्पन्न गर्न गठन गरिएका २९ वटा उपसमितिका संयोजकको नामावलीसमेत सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारी अघि बढाइएको बताए ।

    मेलामा स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिइने जनाइएको छ । औद्योगिक विकास, उद्यमशीलता प्रवद्र्धन, स्वदेशी उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा मेलाले सहयोग गर्ने अपेक्षा आयोजकको छ ।

    आयातलाई निरुत्साहित गर्दै निर्यात प्रवद्र्धन गर्ने तथा नेपाली उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यसमेत मेलाले राखेको पन्थीले बताए ।

    मेलामा उद्योग, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धनसँग सम्बन्धित सेमिनार, गोष्ठी तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, कृषक, लगानीकर्ता तथा उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ ।

    संघका वरिष्ठ उपाध्यक्ष एवं स्टल दर्ता उपसमिति संयोजक पदम जीसीका अनुसार हालसम्म करिब एक सय स्टल बुकिङ भइसकेका छन् । स्वदेशी उत्पादन, स्थानीय तथा महिला उद्यमीका स्टललाई प्राथमिकता दिइने उनले बताए ।

    मेलामा अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय उत्पादन, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक, वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, गिफ्ट तथा खेलौना र जुत्ता–चप्पललगायतका पेभेलियन रहनेछन् ।

    त्यस्तै आईटी तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शिक्षा, जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन, घरजग्गा तथा निर्माण सामग्रीका उत्पादन तथा सेवाका स्टल रहनेछन् । अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाले उत्पादन गरेका वस्तुलाई समेत प्रदर्शनी तथा बिक्रीका लागि समेटिने जनाइएको छ ।

    लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पर्यटन गोष्ठीसमेत सञ्चालन गरिने संघका महासचिव विजय आचार्यले बताए । उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि, नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धन र कृषि पेशाको व्यवसायीकरणमा सहयोग पुग्ने गरी विभिन्न गतिविधि सञ्चालन गरिने उनले बताए ।

    मेलामा सूचना प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा युवा उद्यमसँग सम्बन्धित अन्तरक्रिया र गोष्ठी आयोजना गरिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगितालगायतका सांस्कृतिक कार्यक्रम पनि रहनेछन् ।

    योग शिविर, रक्तदान, साँझ भजन–कीर्तन तथा आरती, शिव ताण्डव प्रदर्शन, फिस टनेल, जलपरी र टिकटक प्रतियोगितालाई समेत मेलाका आकर्षणका रूपमा राखिएको आचार्यले जानकारी दिए ।

    १४ दिनसम्म सञ्चालन हुने मेलाबाट करिब ५० करोड रुपैयाँ बराबरको कारोबार गर्ने र ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको संघका कोषाध्यक्ष दिलीप शर्माले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।