बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा प्रभावित भएकाहरुलाई उद्दार, राहत तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४ लाख ५२ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघका अध्यक्ष गकुल विश्वकर्माले बिपदको यो घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै सोही अनुरुप बुटवलका सुनचाँदी व्यवसायीले पनि आर्थिक सहयोग गरेको बताए । उनले बुटवल सुनचाँदी व्यवसायी, महिला समाज र बुटवल गोल्ड मार्टले आर्थिक सहयोग गरेको बताउँदै बाढीमा परी मृत्यु भएकाहरुलाई हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
बुटवल सुनचाँदी व्यवसायी संघका वरिष्ठ सल्लाहकार जोगलाल बिश्वकर्माले बोल्दै बाढीले देश नै रोइरहेको बेला सानो सहयोग भएपनि राहत पुगोस् भनेर व्यवसायीबाट रकम उठाएको बताए ।
बुटवल सुनचाँदी व्यवसायी संघ महिला समाजका अध्यक्ष सरु खड्काले बोल्दै महिला दिदीबहिनीले हरितालिका तीजको दर खुवाउन छुट्टाएको रकम संकलन गरी कार्यक्रम नै क्यान्सील गरेर बाढी प्रभावितहरुलाई सहयोग गरेको बताए ।
संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर सुनारले बाढी पहिरोबाट समस्यामा परेकाहरुलाई धेरै जसो जिन्सी सामग्री सहयोग आइरहेको अवस्थामा संघले आर्थिक सहयोग गरेको बताए । उनले यो सहयोगले बाढी पीडितले राहत पाउने बताए ।
उक्त कार्यक्रममा संघका सल्लाहकार सुरेशरत्न बज्राचार्य, हर्ष बहादुर बिश्वकर्मा, महिला समाजका सल्लाहकार कमला विश्वकर्मा, बुटवल सुनचाँदी व्यवसायी संघका पदाधिकारी, सदस्य, महिला सदस्यलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सन्चालन संघका सचिव चुरामणि विक (दीपक ) गरेका थिए । संस्थाले व्यवसायीको हकहित तथा सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएको छ ।
बुटवल सुनचाँदी व्यवसायी संघद्वारा प्रधानमन्त्री उद्दार कोषमा ४ लाख ५२ हजार बढी आर्थिक सहयोग

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology