Logo

२०८३, आश्विन ९गते


images
images

'महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो'

'महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो'

images
  • 'महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो'
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।

    images
    images
    images

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले संघीय सरकारको अस्पताल बाहिर महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो मातृ स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको बताएकी हुन् ।

    images
    images
    images

    उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् । 

    images
    images
    images

    उनले आमा सुरक्षा स्वास्थ्यलाई व्यवस्थित गर्न सुझाव दिदै तत्काल कानुनी व्यवस्था परिवर्तन गर्नुपरे गरेर भएपनि सो लागु गर्न माग गरेकी छन् । सांसद कार्कीले बबिताजस्ता महिला अस्पताल पुगेपनि राज्य बबिता जस्ता महिलासम्म नपुगेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

    राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।