देवदह । ब्राह्मण समाज नेपाल, देवदह नगर समितिले भोटेकोशी बाढी प्रभावितका लागि १ लाख २७ हजार ३० रुपैयाँ सहयोग गरेको छ ।
समाजले संकलन गरेको रकममध्ये बाढीमा हराइरहेका देवदह–७ निवासी अस्मिन अधिकारी र अस्मित अधिकारीकी आमा शारदा अधिकारीलाई ३० हजार रुपैयाँ नगद सहयोग गरेको छ । यस्तै, देवदह–९ निवासी बेपत्ता धनबहादुर नेपालीकी श्रीमती इस्तार्थ परियारलाई १५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
बाढी प्रभावित परिवारलाई सहयोग गरेपछि बाँकी रहेको ८२ हजार ३० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको समाजका अध्यक्ष विष्णुप्रसाद अर्यालले बताए ।
राहत रकम वितरणको औपचारिक कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद अर्याल, देवदह-७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीसहित समाजका सचिव हुमप्रसाद पाठक, कोषाध्यक्ष मञ्जु काफ्ले, सहसचिव घनश्याम भण्डारी, सचिवालय सदस्य रमेशचन्द्र रेग्मी र तीर्थप्रसाद देवकोटालगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology