Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा पुनः मिसाइल हमला

इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा पुनः मिसाइल हमला

images
  • इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा पुनः मिसाइल हमला
    images
    images

    काठमाडौँ । इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै पुनः मिसाइल हमला गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    इरानको रिभोलुसनरी गार्डले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य अड्डालाई मिसाइलले निशाना बनाएको थियो । यसअघि जोर्डनले इरानबाट प्रहार गरिएका २० मध्ये १८ वटा मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको थियो  ।

    images
    images
    images

    यसैबीच इरानले अमेरिकी युद्धपोत र अमेरिकी सम्बन्ध भएका तेल ट्यांकरलाई समेत निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको हमलाको जवाफमा इरानका पाँच तेल ट्यांकरमा आक्रमण गरेको जनाएको छ ।

    images
    images
    images

    इरान र अमेरिकाबीच पछिल्लो एक सातामा तनाव बढ्दै गएपछि विश्व बजारमा समेत असर परेको छ । एसियाली बजारमा कच्चा तेलको मूल्य बढेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।