Logo

२०८३, आश्विन ९गते


images
images

आक्रमणबाट शिक्षाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज

आक्रमणबाट शिक्षाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज

images
  • आक्रमणबाट शिक्षाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज
    images
    images

    काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर ९ मा आक्रमणबाट शिक्षाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० मा कतारको प्रस्तावमा प्रस्ताव नम्बर ७४/२७५ पारित गर्दै यो दिवस घोषणा गरेको थियो ।

    images
    images
    images

    द्वन्द्वग्रस्त क्षेत्रमा विद्यालय तथा विश्वविद्यालयमा बमबारी, गोलाबारी हुने वा सैन्य प्रयोजनका लागि प्रयोग हुँदा लाखौँ बालबालिकाको शिक्षाको अधिकार प्रभावित हुँदै आएको छ । उनीहरूलाई सुरक्षित रूपमा अध्ययन गर्ने वातावरण उपलब्ध गराउनु र युद्ध तथा संकटका कारण परेको मानसिक असरबाट जोगाउनु दिवसको मुख्य उद्देश्य हो ।

    images
    images
    images

    सन् २०२६ को दिवसको नारा ‘के शिक्षाले आक्रमण थेग्न सक्छ? मानव समुदायको दृढता’ रहेको छ। यस वर्ष सुरक्षित सिकाइस्थलको संरक्षण तथा संकटबाट प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापनामा विशेष जोड दिइएको छ ।

    images
    images
    images

    युनेस्को र युनिसेफको सहकार्यमा मनाइने यस दिवसले विद्यालय तथा सिकाइस्थलमाथि हुने आक्रमण रोक्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सुरक्षित विद्यालयसम्बन्धी घोषणामार्फत शिक्षाको निरन्तरता तथा दोषीमाथि जवाफदेहिता सुनिश्चित गर्न आह्वान गर्दै आएको छ । विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा विद्यालय र सिकाइस्थलमाथि हजारौँ आक्रमण भइरहेकाले लाखौँ बालबालिका सुरक्षित शिक्षाबाट वञ्चित हुँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षाको संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।