Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेस महाधिवेशन

असोज १६ देखि १९ गतेसम्मनै कांग्रेसको १५औँ महाधिवेशन हुने गरि कार्यतालिका हेरफेर

असोज १६ देखि १९ गतेसम्मनै कांग्रेसको १५औँ महाधिवेशन हुने गरि कार्यतालिका हेरफेर

images
  • असोज १६ देखि १९ गतेसम्मनै कांग्रेसको १५औँ महाधिवेशन हुने गरि कार्यतालिका हेरफेर
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुनेगरी विभिन्न तह र निकायको निर्वाचनको समयतालिका हेरफेर गरिएको छ । महाधिवेशनको मिति यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

    images
    images
    images

    रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभर परेको असरलाई ध्यानमा राख्दै विभिन्न जिल्ला र क्षेत्रबाट प्राप्त सुझावअनुसार अधिवेशनको नयाँ कार्यतालिका तय गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

    images
    images
    images

    नयाँ कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । बाढी प्रभावित क्षेत्रमा स्थानीय अनुकूलताअनुसार हुने गरि ६ हजार ७४३ वटै वडामा अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ । गाउँ-नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ ।

    images
    images
    images

    केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौँमा सम्पन्न गर्ने कार्यतालिका छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।

    जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका दोस्रो चरणमा सार्वजनिक गरिनेछ । त्यस्तै, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सबै क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तह र निकायलाई निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।