Logo

२०८३, आश्विन १०गते


images
images

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

images
  • वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ
    images
    images

    रामेछाप । वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    भदौ १८ गते राति खाँडादेवी गाउँपालिका-२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छी माया तामाङलाई नकाबधारी समूहले हात बाँधेर, मुख थुनी तथा आँखामा पट्टी लगाएर नियन्त्रणमा लिई घरमा रहेको नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट सिन्धुलीका २५ वर्षीय सुमन जर्घा मगर, रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, गरगहना तथा अन्य सामान बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकाहरू अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डकैती
  • # वृद्ध दम्पती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।