Logo

२०८३, आश्विन ९गते


images
images

सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

images
  • सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग
    images
    images

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग र आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार सरकारले उच्च क्षमताका ड्रोन, लिडार, बेली पुल, उच्च क्षमताको पम्प, सुरुङ तथा लेदो उद्धारका लागि आवश्यक पोसाक, डिएनए परीक्षण सामग्रीलगायत उपकरण र प्राविधिक सहयोग मागेको हो ।

    images
    images
    images

    बाढीको १३औँ दिन पनि रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

    images
    images
    images

    भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा खटिएका छन् भने संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीसमेत खोज तथा उद्धारमा सहभागी भएका छन् ।

    अपर त्रिशूली १, अपर त्रिशुली तीन ‘ए’, अपर त्रिशूली तीन ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन भइरहेको सरकारले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।