Logo

२०८३, आश्विन १०गते


images
images

बाढी प्रभावितलाई विदुर नगरपालिकाले १० हजार घरभाडा दिने

बाढी प्रभावितलाई विदुर नगरपालिकाले १० हजार घरभाडा दिने

images
  • बाढी प्रभावितलाई विदुर नगरपालिकाले १० हजार घरभाडा दिने
    images
    images

    नुवाकोट । विदुर नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण घरबास गुमाएका नगरवासीलाई घरभाडाका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    images
    images
    images

    नगर कार्यपालिकाको १४३औँ बैठकले बाढीबाट सिर्जित समस्याको समाधान तथा प्रभावितको व्यवस्थापनका लागि विभिन्न निर्णय गर्दै घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्न प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो ।

    images
    images
    images

    नगरपालिकाले बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्री उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

    images
    images
    images

    त्यसैगरी, कोठा भाडामा लिँदा वा दिँदा प्रचलित चलनचल्तीको भाडादरभन्दा बढी रकम लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरिएको छ ।

    बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी पुनःस्थापना गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।

    यसैगरी, अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका विद्यालयहरूमा आगामी भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अन्य व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ ।

    विदुर नगरपालिकाभित्र सञ्चालनमा रहेका होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाबाट आएका भोटेकोशी बाढी प्रभावित नागरिकको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला तथा पालिकालाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।