यूएई । देवदह सेवा समाज–यूएईले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ३ लाख ८७ हजार ५ सय १२ रुपैयाँ सहयोग गरेको छ ।
समाजले यूएईमा संकलन गरेको ९ हजार ४ सय ४० दिराम बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको युएईस्थित संचारकर्मी रेशम अधिकारीले जानकारी दिए ।
विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समाजले यूएईमा सहयोग अभियान सञ्चालन गरेको जनाएको छ । विदेशमा रहे पनि मातृभूमिमा आइपरेको विपत्तिमा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समाजका अध्यक्ष श्याम बस्यालले बताए ।
समाजका महासचिव माधव गौतमले सहयोग अभियानमा सहभागी प्रति आभार व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई तत्काल राहत आवश्यक रहेकाले आफूहरूले सक्दो सहयोग गरेको उनले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology