Logo

२०८३, आश्विन १०गते


images
images

तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक

तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक

images
  • तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
    images
    images

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भदौ २२ गतेदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ । सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो । हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ ।

    images
    images
    images

    प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन रोक्ने बताएको छ ।

    images
    images
    images

    माटो कटान कार्यका कारण सवारी साधन प्रभावित हुने भएकाले यात्रुले उक्त तालिकाअनुसार यात्रा तथा सवारी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।