Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल ए टिमको अस्ट्रेलियामा अर्को हार

नेपाल ए टिमको अस्ट्रेलियामा अर्को हार

images
  • नेपाल ए टिमको अस्ट्रेलियामा अर्को हार
    images
    images

    काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियामा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल ए आइतबार सम्पन्न खेलमा न्यूजील्याण्ड ए सँग २ विकेटले पराजित भएको हो ।

    images
    images
    images

    नेपाल ए ले दिएको २१२ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड ए ले ४९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यसअघि नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको थियो ।

    images
    images
    images

    नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २-२ विकेट लिएका थिए ।

    योसँगै नेपाल ए टिमको अस्ट्रेलिया टूर सकिएको छ । नेपाल एले यसअघि खेलेका दुवै खेलमा साउथ अस्ट्रेलिया र तासमानियासँग हार बेहोरेको थियो । त्यसअघि नेपाल ए ले टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।