Logo

२०८३, आश्विन १०गते


images
images

साप्ताहिक हाटबजार सातामा दुईपटक सञ्चालन गर्ने प्रस्तावमा उद्योग व्यापार संघ, देवदहको आपत्ति

साप्ताहिक हाटबजार सातामा दुईपटक सञ्चालन गर्ने प्रस्तावमा उद्योग व्यापार संघ, देवदहको आपत्ति

images
  • साप्ताहिक हाटबजार सातामा दुईपटक सञ्चालन गर्ने प्रस्तावमा उद्योग व्यापार संघ, देवदहको आपत्ति
    images
    images

    देवदह । देवदह नगरपालिकाले नगर क्षेत्रका हाटबजार सञ्चालन तथा व्यवस्थापनका लागि अघि बढाएको टेन्डर प्रक्रियाप्रति उद्योग व्यापार संघ, देवदहले आपत्ति जनाएको छ ।

    images
    images
    images

    आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संघले देवदहको खैरेनीलगायतका हाटबजार साप्ताहिक रूपमा सञ्चालन हुँदै आएकोले त्यस्ता बजारलाई सातामा दुईपटक सञ्चालन गर्ने प्रस्ताव व्यवहारिक नभएको जनाएको हो ।

    images
    images
    images

    संघका अध्यक्ष गणेश कुमार खातीद्वारा जारी प्रेस विज्ञप्तिमा हाटबजार ठेक्का वा राजस्व संकलनसँग मात्र सम्बन्धित विषय नभई स्थानीय व्यवसायी, साना व्यापारी, कृषक, उपभोक्ता तथा आम नागरिकको आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख छ ।

    images
    images
    images

    हाटबजार सञ्चालन तथा व्यवस्थापनको मोडालिटी तय गर्दा स्थानीय व्यवसायीको अवस्था, उपभोक्ताको सुविधा, बजारको वर्तमान संरचना र विगतको अनुभवलाई आधार बनाउनुपर्ने संघको धारणा छ ।

    सम्बन्धित व्यवसायी तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी टेन्डर प्रक्रिया अघि बढाउँदा व्यवहारिक समस्या उत्पन्न हुनसक्ने संघले जनाएको छ । हाटबजारको सञ्चालन अवधि, शुल्क निर्धारण, व्यवसायीको सहभागिता र व्यवस्थापन प्रणालीबारे स्पष्ट तथा व्यवहारिक व्यवस्था आवश्यक रहेको संघको भनाइ छ ।

    विगतमा हाटबजार सञ्चालनका क्रममा भएका प्रयास तथा प्राप्त अनुभवको समीक्षा गरी आगामी व्यवस्था तय गर्नुपर्ने, ठेक्का वा राजस्व संकलनलाई मात्र प्राथमिकता नदिई स्थानीय व्यवसायीको हित र उपभोक्ताको सुविधालाई केन्द्रमा राख्नुपर्ने संघको माग छ ।

    उद्योग व्यापार संघ, देवदहले नगर क्षेत्रमा व्यवस्थित तथा व्यवसायीमैत्री बजार विकासका लागि नगरपालिकासँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ । तर, स्थानीय व्यवसाय र बजारको वास्तविक अवस्था नबुझी तथा सरोकारवालासँग पर्याप्त संवाद नगरी गरिने निर्णयले दीर्घकालीन समस्या निम्त्याउन सक्ने संघले जनाएको छ ।

    उद्योग व्यापार संघ  .jpeg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।