Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

हाटबजारको टेन्डर प्रक्रिया तत्काल रोक्न देवदह उद्योग वाणिज्य संघको माग

हाटबजारको टेन्डर प्रक्रिया तत्काल रोक्न देवदह उद्योग वाणिज्य संघको माग

images
  • हाटबजारको टेन्डर प्रक्रिया तत्काल रोक्न देवदह उद्योग वाणिज्य संघको माग
    images
    images

    देवदह । देवदह नगरपालिकाले हाटबजार सञ्चालनका लागि अघि बढाएको टेन्डर प्रक्रियाप्रति देवदह उद्योग वाणिज्य संघले आपत्ति जनाउँदै तत्काल प्रक्रिया रोक्न तथा सरोकारवालासँग छलफल गर्न माग गरेको छ ।

    images
    images
    images

    नगरपालिकाले यहि भदौ १६ गते तेस्रो पटक प्रकाशित गरेको हाटबजार बैठकी करसम्बन्धी दरभाउपत्र आह्वानको सूचनाप्रति संघले विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष हरी भण्डारी द्धारा शुक्रबार जारी विज्ञप्तीमा सम्बन्धित हाटबजार व्यवसायी, व्यावसायिक संघ-संस्था तथा अन्य सरोकारवालासँग आवश्यक परामर्श र छलफल नगरी प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ ।

    images
    images
    images

    संघले स्थानीय बजारको आवश्यकता, व्यवसायीको अवस्था, उपभोक्ताको सुविधा तथा विगतको अनुभवलाई बेवास्ता गर्दै हतारमा निर्णय लिनु उचित नभएको जनाएको छ । यसअघि हप्तामा एक दिन हाटबजार सञ्चालन गर्ने उद्देश्यसहित टेन्डर आह्वान गर्दा समेत अपेक्षित रूपमा प्रस्ताव नपरेको अवस्थामा अहिले हप्तामा दुई पटक बजार सञ्चालन गर्ने प्रस्ताव अघि सारिनुले थप प्रश्न उब्जाएको संघले जनाएको छ । 

    images
    images
    images

    विज्ञप्तीमा हाटबजार सञ्चालनको विषय प्रत्यक्ष रूपमा स्थानीय व्यवसायी, व्यापारी, उपभोक्ता तथा समग्र बजार व्यवस्थापनसँग जोडिने भएकाले सरोकारवालासँग परामर्श नगरी एकपक्षीय रूपमा टेन्डर प्रक्रिया अघि बढाउनु सहभागितामूलक स्थानीय शासनको मर्मविपरीत हुने उल्लेख गरिएको छ ।

    संघले हप्तामा दुई पटक हाटबजार सञ्चालन गर्नुपर्ने आवश्यकता, सम्भाव्यता र औचित्यबारे वस्तुगत अध्ययन गर्नुपर्ने माग गर्दै यसअघि हप्तामा एक पटक बजार सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा समेत पर्याप्त प्रतिस्पर्धा वा प्रस्ताव नआएको विषयलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने जनाएको छ ।

    हाटबजारसम्बन्धी निर्णय कुनै व्यक्ति, ठेकेदार वा नगरपालिकाको कुनै शाखाको सुझावका आधारमा मात्र नभई समग्र बजार, व्यवसायी र नगरवासीको हितलाई केन्द्रमा राखेर पारदर्शी तथा सहभागितामूलक ढंगले गर्नुपर्नेमा जोड दिएको छ ।

    विज्ञप्ती मार्फत संघ विकास र व्यवस्थित बजार व्यवस्थापनको पक्षमा रहेको तथा नगरपालिकासँग सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दै सरोकारवालाको राय नलिई तथा बजारको वास्तविक आवश्यकता र विगतको अनुभवलाई बेवास्ता गर्दै निर्णय अघि बढाइए त्यसबाट उत्पन्न हुने समस्या र त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।