Logo

२०८३, आश्विन १०गते


images
images

हाटबजार व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन चैत १५ गते हुँदै

हाटबजार व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन चैत १५ गते हुँदै

images
  • हाटबजार व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन चैत १५ गते हुँदै
    images
    images

    बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन चैत १५ गते बुटवलमा हुने भएको छ ।

    images
    images
    images

    संघको माघ २५ गते बसेको बैठकको निर्णयअनुसार वार्षिक साधारणसभा तथा अधिवेशन आयोजना गर्न लागिएको हो । अधिवेशनका लागि संघले विभिन्न उपसमितिहरू गठन गरेको छ ।

    images
    images
    images

    संघका अध्यक्ष हुमाराम पोखरेलको संयोजकत्वमा प्रतिवेदन लेखन तथा छपाई उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा महासचिव जयन्त घर्ती र कोषाध्यक्ष यादव कुमार बेल्बासे सदस्य रहेका छन् ।

    images
    images
    images

    प्रमुख अतिथि तथा अतिथि व्यवस्थापन उपसमितिमा अध्यक्ष हुमाराम पोखरेल संयोजक रहने गरी उपाध्यक्ष टीका भट्टराई, महासचिव जयन्त घर्ती र पूर्व अध्यक्ष भीमलाल ज्ञवाली सदस्य रहेका छन् ।

    प्रचारप्रसार उपसमितिको संयोजकमा उपाध्यक्ष रबिलाल पाण्डे चयन भएका छन् । उक्त उपसमितिमा संघका पाँचै शाखाका अध्यक्ष र सचिवसहित सात सदस्य रहेका छन् ।

    हल तथा चियापान व्यवस्थापन उपसमितिको संयोजकमा कोषाध्यक्ष यादव कुमार बेल्बासे रहेका छन् भने ६ सदस्यीय समिति गठन गरिएको छ ।

    त्यस्तै, व्याज, ब्यानर तथा सम्मान व्यवस्थापन उपसमितिमा सचिव ईश्वरचन्द्र भट्टराई संयोजक रहेका छन् । उक्त उपसमितिमा नेत्र पोखरेल र श्यामलाल खनाल सदस्य रहेका छन् ।

    मूल्यांकन तथा सम्मान उपसमितिको संयोजकमा पूर्व अध्यक्ष भीमलाल ज्ञवाली रहेका छन् । सदस्यहरूमा छबिलाल चापागाईं, कृष्ण प्रसाद पौडेल, मेघराज खनाल र नेत्र प्रसाद पोखरेल रहेका छन् ।

    रक्तदान कार्यक्रमका लागि डोलराज फुल्लेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । स्वयंसेवक परिचालनका लागि डोरप्रसाद पोखरेलको संयोजकत्वमा १३ सदस्यीय उपसमिति चयन गरिएको छ ।

    निर्वाचन मण्डलको संयोजकमा कृष्ण चौहान क्षेत्री चयन भएका छन् । सदस्यहरूमा लिलाराम पाण्डे र महेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

    वि.सं. २०६३ सालमा स्थापना भएको संघमा सैनामैना, देवदह, तिलोत्तमा, सुद्धोधन र कञ्चनका पाँचवटा शाखामार्फत करिब ५ हजार व्यवसायी आवद्ध रहेका छन् । संघमार्फत ५० हजारभन्दा बढी व्यक्ति लाभान्वित भएको सचिव ईश्वरचन्द्र भट्टराईले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हाटबजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।