Logo

२०८३, आश्विन ९गते


images
images

इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या

इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या

images
  • इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या
    images
    images

    एजेन्सी । इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    images
    images
    images

     
    इथोपिया अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको देश हो । त्यहाँ जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । स्थानिय प्रत्यक्षदर्शीले भने ३२० शव भेटिएको बताएका छन ।

    images
    images
    images

    गिम्बी काउन्टीका स्थानीय अब्दुल–सेद ताहिरले आफूले २३० शवहरू गनेको र यो आफ्नो जीवनकालको नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला भएको बताएको एसोसिएटेड प्रेसले जनाएको छ ।  शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।

    images
    images
    images

    ती शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ ।

    आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।