Logo

२०८३, आश्विन ९गते


images
images

देशैभरी बाढीको जोखिम

देशैभरी बाढीको जोखिम

images
  • देशैभरी बाढीको जोखिम
    images
    images

    काठमाडौँ । रसुवामा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images
    images

    बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बाढी पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली तथा यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज कोशी नदीअन्तर्गत सप्तकोशी, चतरा, तमोर, त्रिवेणी, अरुण, सिस्ने, दूधकोशी, खुवाबजार, तामाकोशी, बुष्टी तथा सुनकोशी, हेम्पुवार क्षेत्रमा बहाव उल्लेख्य बढ्नेछ । नारायणी नदीअन्तर्गत नारायणी, देवघाट, त्रिशूली, बेनीघाट, बूढीगण्डकी, आँबुखैरेनी, मर्स्याङ्दी, विमलनगर, सेती, दमौली तथा कालीगण्डकी, कुश्मालगायत क्षेत्रमा पनि नदीको बहाव बढ्ने अनुमान गरिएको छ । त्यस्तै कर्णाली नदीअन्तर्गत चिसापानी, असाराघाट, भेरी, समजीघाट तथा पश्चिम सेती, दिपायल क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। महाकाली नदीको पारिगाउँ क्षेत्रमा पनि बहाव बढ्ने जनाइएको छ ।

    images
    images
    images

    आज देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट बग्ने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वतलगायत जिल्लामा साना नदीमा बहाव बढ्ने अनुमान गरिएको छ ।

    यस्तै डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका जिल्लामा पनि साना नदी तथा खोलाको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

    यी क्षेत्रमा साना नदीमा बहाव बढ्नुका साथै आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। विशेषगरी रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूली तथा अन्य साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले नदी तथा खोला किनारमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो बाढीपछि भोटेकोशी र त्रिशूलीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आगामी वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।