Logo

२०८३, आश्विन ९गते


images
images

कति छ एप्पलका नयाँ प्रमुख कार्यकारी टर्नसको वार्षिक पारिश्रमिक ?

कति छ एप्पलका नयाँ प्रमुख कार्यकारी टर्नसको वार्षिक पारिश्रमिक ?

images
  • कति छ एप्पलका नयाँ प्रमुख कार्यकारी टर्नसको वार्षिक पारिश्रमिक ?
    images
    images

    काठमाडौं । एप्पलका नयाँ प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक करिब ५ करोड ८० लाख अमेरिकी डलर बराबरको पारिश्रमिक तथा सेयर सुविधा पाउने भएका छन् । उनले मंगलबारदेखि लामो समयदेखि प्रमुख कार्यकारी रहेका टिम कुकको स्थान लिएका हुन् ।

    images
    images
    images

    अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा बुझाइएको विवरणअनुसार टर्नसले वार्षिक ३० लाख डलर तलब पाउनेछन् । आगामी आर्थिक वर्षका लागि उनलाई करिब ५ करोड ५० लाख डलर बराबरको सेयर सुविधा दिने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षको प्रमुख कार्यकारीका रूपमा काम गरेको अवधिका लागि उनले थप २५ लाख डलर बराबरको प्रतिबन्धित सेयर एकाइ पाउनेछन् ।

    images
    images
    images

    टर्नसलाई दिइने वार्षिक सेयर सुविधाको ७५ प्रतिशत कम्पनीको सेयरधनी प्रतिफलसँग जोडिएको कार्यसम्पादनमा आधारित हुनेछ भने बाँकी २५ प्रतिशत चार वर्षमा निश्चित समयअनुसार प्राप्त हुने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    यसैबीच टिम कुक सेप्टेम्बर २६ देखि कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् । उनले वार्षिक २० लाख डलर तलब र आगामी आर्थिक वर्षका लागि करिब ४ करोड ५० लाख डलर बराबरको सेयर सुविधा पाउनेछन् । नयाँ भूमिकामा उनको कुल वार्षिक पारिश्रमिक करिब ४ करोड ७० लाख डलर हुनेछ । गत वर्ष प्रमुख कार्यकारीका रूपमा कुकले करिब ७ करोड ४३ लाख डलर प्राप्त गरेका थिए ।

    टर्नस सन् २००१ मा एप्पलमा आबद्ध भएका थिए । उनले उत्पादन डिजाइन र हार्डवेयर इन्जिनियरिङका विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष बनेका थिए । एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने विशेष कार्यक्रममा टर्नसले पहिलोपटक व्यापक रूपमा कम्पनीको नेतृत्वका रूपमा आफ्नो परिचय दिने भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।