Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढी

काँग्रेसले भन्यो- विपदमा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न

काँग्रेसले भन्यो- विपदमा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न

images
  • काँग्रेसले भन्यो- विपदमा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको उद्धारमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बैठकले उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य प्रशासनिक निकायको भूमिकाको प्रशंसा गर्दै सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाको उद्धारमा सरकारले देखाएको अदूरदर्शिता र ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।

    images
    images
    images

    विपदमा काँग्रेस सरकारको साथमा रहेको उल्लेख गर्दै सुरुङभित्र इन्जिनियर तथा श्रमिक फसेको संवेदनशील जानकारी भए पनि तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन ढिलाइ गरिएको र जलविद्युत् आयोजनाका प्रवर्द्धक तथा निर्माण कम्पनीलाई समेत समयमै उद्धारको अनुमति नदिइएको आरोप लगाइएको छ ।

    images
    images
    images

    काँग्रेसले सरकारको यस्तो व्यवहार गलत मात्र नभई अन्ततः अमानवीयसमेत प्रमाणित भएको भन्दै सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न र सुरक्षित निकासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # विपद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।